१२ श्रावण २०८१, शनिबार

कञ्चनपुरदेखि दाङसम्म थरुहट प्रदेश– वैद्य



धनगढी । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्य ‘किरण’ ले कञ्चनपुरदेखि दाङसम्म जोडेर थरुहट प्रदेश बनाउनु पर्ने बताएका छन् ।


क्रान्तिकारी पत्रकार महासंघ, कैलालीले आईतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बैद्यले अहिलेको प्रदेश संरचनाका कारण थारु समुदायको पहिचान नै संकटमा परेको दाबी गरे ।
उनले भने– यतातिर सुदूरपश्चिम अखण्ड हुनुपर्ने माग छ भने अर्कोतिर मधेश एक हुनुपर्छ भन्ने माग पनि छ । यी दुई माग र अडानका कारण थारु समुदायको माग र पहिचान नै दुईतिरबाट चेपुवामा परेको छ ।
उनले टीकापुरको कार्यक्रममा सहभागी हु“दा पनि आफूले थारु समुदाय दुईतिरबाट चेपुवामा परेको महशुस गरेको बताए ।
उनले अब उत्पीडित वर्ग, समुदायको पहिचान जोगाउन संयुक्त वर्गीय आन्दोलनको आवश्यकता रहेको बताए । भने– उत्पीडित जातिका रुपमा रहेका वर्ग तथा समुदायको संयुक्त आन्दोलनले मात्रै अधिकार प्राप्त गर्न सहज हुनेछ ।
एक अर्को प्रसंगमा नेता बैद्यले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नाममात्रको कम्युनिष्ट सरकार भएको टिप्पणी गरे ।
उनले वर्तमान सरकारले जनताको भवना र राष्ट्रियताको संवद्र्धनका लागि काम गर्न नसकेको आरोप लगाए । उनले नया“ संविधान बने पनि पुरानै संविधानअनुसार देश चलिरहेको र पूरानै संसदीय परम्पराबाट शासन चलिरहेको दाबी गरे ।
सञ्चारकर्मीहरूको एक जिज्ञासामा नेता बैद्यले तत्काल नेत्र विक्रम चन्द (विप्लव) संग पार्टी एकता हुन नसक्ने बताए । उनले नजिकको कम्युनिष्ट पार्टीसंग एकता गर्ने पार्टीको योजना रहे पनि विप्लवको पछिल्लो राजनीतिक गलत बाटोमा गइरहेकाले अहिलेका लागि पार्टी एकता असम्भव भएको बताए । उनले सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएर गलत निर्णय गरेको बताए ।
नेता बैद्य शनिबार टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा सहभागी हुन कैलाली आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार