१२ श्रावण २०८१, शनिबार

चट्याङ्गबाट बालिकाको मृत्यु



बाजुरा । बाजुराको बुढिगंगा नगरपालिका, बदेडामा चट्यांगबाट एक बालिकाको मृत्यु भएको छ ।


शुक्रबार राती १ बजेतिर परेको चट्यांगबाट बुढिगंगा नगरपालिका वडा नम्बर १०, बदेडाका ललितबहादुर सार्कीका दुई वर्षीया छोरी सिरियाको मृत्यु भएको बताइएको छ ।
मृतक बालिकाकी आमा सितादेवीका अनुसार घर नजिकैको अर्को घरको बिजुलीको तारमा परेको चट्यांग लागेर सिरियाको मृत्यु भएको थियो । उनले संगै सुतेकी छोरीलाई दुध खुवाउदै गरेको वेला एक्कासी चट्यांग पर्दा आफू बेहोस भएको बताइन् ।
चट्यांगका कारण सोही गाउ“का लालबहादुर सार्कीकी ३५ वर्षीया श्रीमती तारादेवी पनि बेहोस भएको बताइएको छ । घटनाको जिल्ला जिल्ला प्रहरी कार्यालय बाजुराले पुष्टी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार