११ श्रावण २०८१, शुक्रबार

एसियन ब्याट्रीको शाखा विस्तार



धनगढी । कैलालीको धनगढीमा एशियन व्याट्रीको शाखा विस्तार गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले शाखाको उद्घाटन गरिन् ।


कार्यक्रममा एसियन ब्याट्रीका प्रबन्ध निर्देशक सुरेश लोहनीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा कम्पनीका महाप्रबन्धक मनोज श्रेष्ठले कम्पनीले ४५ देखि ४८ साइजका व्याट्रीहरू उत्पादन गर्दै आइरहेको बताए ।
उनले कम्पनीले नेपालका साथै भारतका तीन जिल्लामा समेत ब्याट्री निर्यात गरिरहेको बताए ।
कम्पनीको नेपालभरी एक सय ४० डिलर रहेको बताए । उनले सुदूरपश्चिमको धनगढीमा व्याट्रीको मर्मत, सहज विक्री वितरण गर्ने उद्देश्यले शाखा उद्घाटन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार