१० श्रावण २०८१, बिहीबार

विपद व्यवस्थापन सम्बन्धी कार्ययोजनाबारे छलफल



धनगढी । धनगढी उपमहानगरपालिकाको बिपद ब्यबस्थापन नीति तथा रणनीतिक कार्ययोजना निर्माणका लागि बिहीबार छलफल भएको छ ।


उपमहानगरपालिकाको आयोजनामा भएको छलफलमा बिपद ब्यबस्थापनका क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टका अनुसार बिपद ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना निर्माणका लागि संयुक्त राष्ट्रसंघिय विकास कोषले प्राविधिक सहयोग गर्ने भएको छ ।
उपप्रमुख मिश्रले चार महिनाभित्र उपमहानगरपालिकाको बिपद ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना तयार गर्ने बताईन ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले ब्यावहारिक र कार्यान्वयनमूखी बिपद ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना निर्माणका लागि सरोकारवालाहरूसंग छलफल गरिएको बताए ।
उनका अनुसार नगर प्रमुख संयोजक र उपप्रमुख सहसंयोजक रहने गरी बिपद ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना तयारी समिति गठन गरिएको छ ।
संयुक्त राष्ट्र संघिय विकास कोषका प्रतिनिधि कृष्णराज काफ्लेका अनुसार आगामी संसिर भित्र बिपद ब्यबस्थापन नीति तथा रणनीतिक कार्ययोजना तयार भइसक्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार