१२ श्रावण २०८१, शनिबार

अनुगमन समितिद्वारा मासु पसलहरूको निरीक्षण



धनगढी । धनगढी उपमहानगरपालिकाको नगर अनुगमन समितिले बिहीबार धनगढीका बिभिन्न मासु पसलमा अनुगमन गरेको छ ।


समितिले अनुगमनका क्रममा क्याम्पस रोड र शिवनगर क्षेत्रका विभिन्न मासु पसलबाट ठूलो परिमाणमा बिग्रेको मासु बरामद भएको जनाएको छ ।
नगर अनुगमन समितिका संयोजक योगेन्द्र चन्दले ब्यापारीहरूले सडेको मासु फ्रिजमा बेच्नका लागि राखेको अवस्थामा फेला परेको बताए । उनले जफत गरिएको सडेको मासु खाल्डोमा पुरिएको जानकारी दिए ।
बजार अनुगमन समितिका संयोजक चन्दका अनुसार भदौ २ गते धनगढीको एलएनचौकका किराना पसलहरूमा गरिएको अनुगमनका क्रममा ठूलो परिणाममा म्याद गुज्रेका बस्तुहरू जफत गरिएको थियो ।
त्यसैगरी दूध डेरी तथा मिठाई पसलहरूमा समेत अनुगमन गरिएको उनले बताए ।
राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले बजार अनुगमन निरन्तर हुने बताए ।
साउन ३२ गते बसेको समितिको बैठकले भदौ २ गतेबाट निरन्तर बजार अनुगमनलाई निरन्तरता दिने निर्णय पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार