१२ श्रावण २०८१, शनिबार

प्रथम स्वास्थ्यकर्मी फुटसल : उपाधीका लागि र्‍यामपेज र निसर्ग भिड्दै



धनगढी । धनगढीमा जारी प्रथम स्वास्थ्यकर्मी फुटसल प्रतियोगिताको उपाधिका लागि र्‍यामपेज फुटसल क्लव र निसर्ग अस्पतालबीच भिडन्त हुने भएको छ ।


प्रतियोगिताको तेस्रो दिन बिहीबार भएको पहिलो सेमिफाईनलमा र्‍यामपेज फुटसल क्लवले गेटा आ“खा अस्पताललाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । त्यस्तै, दोस्रो खेलमा निसर्गले मायामेट्रो अस्पताललाई हराएर फाइनलको यात्रा तय गरेको छ ।
र्‍यामपेजले गेटा आँखा अस्पताललाई चारका विरुद्ध आठ गोलले हरायोे । र्‍यामपेज फुटसल क्लवका हरि धामीले पाँच गोल गरे । भने डाक्टर आलोक भट्ट र विकास लम्सालले एक÷एक गोल गरेका थिए । गेटा आँखा अस्पताल टिमका लोक पुनले तीन तथा डाक्टर अनिश मानन्धरले एक गोल गरेका थिए ।
त्यस्तै, अर्को खेलमा निसर्गले माया मेट्रो अस्पतालाई ६–१ ले पराजित ग¥यो । निसर्गका डाक्टर सुरेन्द्र भट्टले चार गोल गरे । भने रमेश शाही र अमित चौधरीले एक÷एक गोल गरे ।
माया मेट्रोका तर्फबाट जगत महतोले मात्र एक गोल गरेका थिए । प्रतियोगिताको आयोजक ¥यामपेज फुटसल क्लवका अध्यक्ष हरिसिंह धामीका अनुसार विजेताले १० हजार तथा उपविजेताले पा“च हजार रुपैया पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार