१२ श्रावण २०८१, शनिबार

तीन वडामा एक सचिव



सुखड । कैलाली घोडाघोडी नगरपालिकाका एउटै सचिवले तीन वडाको जिम्मेवारी बहन गरिरहेका छन् ।
वडा नम्बर ३ का सचिव होमप्रसाद रिजालले वडा नम्बर ५ र ७ को पनि जिम्मेवारी बहन गरिएको जनाइएको छ ।
त्यस्तै वडा नम्बर २ र ६ को जिम्मेवारी सचिव विष्णुप्रसाद चौधरी, वडा नम्बर ४ र ९ को हेमाकान्त सुबेदी र वडा नम्बर १० र ११ मा धनीराम चौधरीले वडा सचिवका रुपमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार