११ श्रावण २०८१, शुक्रबार

प्रथम स्वास्थ्यकर्मी फुटसल प्रतियोगिता : आँखा अस्पताल र माया मेट्रो सेमिफाईनलमा



धनगढी । धनगढीमा जारी प्रथम स्वास्थ्यकर्मी फुटसल प्रतियोगिताको बुधबारको खेलमा गेटा आँखा अस्पताल र माया मेट्रो अस्पताल विजयी भएका छन् । जीतसंगै दुवै टिम सेमिफाइनलमा प्रवेश गरेका छन ।


गेटा आँखा अस्पतालले सिटी पोलिक्लिनिकलाई ६–५ ले हरायो । गेटाका सुनिल थापाले ५ गोल गरे भने श्याम देउवाले एक गोल गरे । सिटीका पियुस चौधरी, ईश्वर पोखरेल, सन्तोष चौधरी, मदन जिसी र राजेश चौधरीले एक/एक गोल गरेका थिए ।
बुधबारको अर्को खेलमा माया मेट्रो अस्पतालले नोभा अस्पताललाई १२–२ को फराकिलो अन्तरले हरायो । माया मेट्रोका जगत महतोले दोहोरो ह्याट्रिक सहित आठ गोल गरे । त्यसैगरी डाक्टर डिआर कंडेलले दुई, डाक्टर सुशील ढकालले एक गोल गरे । नोभा अस्पतालका बलसिंह रानाले दुई गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार