११ श्रावण २०८१, शुक्रबार

नदीमा बगेर बालिका वेपत्ता



डोटी । सेती नदीमा नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दीपायल सिलगढी नगरपालिका वडा नम्बर ४ राजपुर बस्ने दीलबहादुर नेपालीका आठ वर्षीया छोरी करिस्मा आइतबार नदीमा बगेर बेपत्ता भएकी हुन् ।
ओल्के पर्व मनाउन दीपायलस्थित मामाघर आएकी ती बालिका नुहाउने क्रममा सेती नदीको बासुधारा भन्ने ठाउ“बाट बगेकी थिइन् । उनको नेपाल प्रहरी, दीपायलस्थित जोगी बाडेमा रहेको सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा स्थानीयवासीले खोजी गरिरहेको प्रहरी उपरीक्षक धामीले बताए ।
पानीको बहाब बढी भएको र नदीको पनि धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको दीपायलस्थित प्रहरी कार्यालयका प्रमुख कमलापति पन्तले जानकारी दिए । सेती नदीमा गएको वैशाख यता बगेर आठ बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार