प्रहरीले अनुसन्धान नगरेको आफन्तको गुनासो
धनगढी । धनगढीको एउटा होटलमा गत जेठमा मृत अवस्थामा फेला परेका एक युवकका आफन्तहरूले प्रहरीले सो घटनामा अनुसन्धान नगरेको गुनासो गरेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का शम्भुप्रसाद भट्टका छोरा गजराज भट्ट गत जेठ १३ गते एउटा होटलमा मृत अवस्थामा फेला परेका थिए ।
उनका बुबा शम्भुले आईतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले लागू औषध बढी सेवन गरेका कारण गजराजको मृत्यु भएको भन्दै फाइल बन्द गरेको दाबी गरे ।
उनले भने– प्रहरीले छोरा (गजराज) ले अत्यधिक मात्रामा लागु औषधसेवन गरेका कारण मृत्यु भएको भन्दै सो घटनाको सत्यतथ्य छानबिन गर्नेतर्फ ध्यान दिएन । तर, विधि विज्ञान तथा प्रयोगशालाले पठाएको रिपोर्टमा भने छोराको मृत्यु लागु औषधका कारण भएको भन्ने उल्लेख छैन । शम्भुले आफ्नो छोराको मृत्युको कारण के हो भन्ने अहिलेसम्म खुल्न नसकेको बताए ।
गजराजसंगै होटलमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का यसपाल मल्ल, प्रकाश चौधरी र रितेश कु“वर बसेका थिए । पीडित शम्भुले भने– प्रहरीले उनीहरू तीनै जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेर छोड्यो, तर मृत्युको कारणबारे राम्ररी अनुसन्धान गरेन ।
उनले तीन जना विरुद्ध उजुरी दर्ता गर्न जा“दा प्रहरीले लिन नमानेको गुनासो गरे ।