१२ श्रावण २०८१, शनिबार

लागु औषधसहित दुई पक्राउ



धनगढी । प्रहरीले लागुऔषध सहित धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले अछाम मंगलसैन नगरपालिका वडा नम्वर ५ घर भई हाल धनगढी वडा नम्बर १ बस्ने २२ वर्षका गणेश खत्री र धनगढीका २० वर्षीय लोकेन्द्र बोहरालाई लागु औषधसहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्वर १० जुगेडा, मोहना नदीतर्फ जाने सडकमा भारततर्फबाट आइरहेको से ५ प ११४८ नम्बरको मोटरसाईकलमा उनीहरूले लुकाईछिपाई चार ग्राम तीन सय ६० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको जनाएको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिकामा ल्यापटप चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले वडा नम्बर १ का २१ वर्षीय सुरज चौधरी र २५ वर्षीय अमर परियारलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले उनीहरूलाई उपमहानगरपालिकाको वडा नम्बर २ साइली कटानबाट ल्यापटपसहित पक्राउ जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार