१२ श्रावण २०८१, शनिबार

बौनिया जेसिजको सप्ताहव्यापी कार्यक्रम शुरु



बौनिया । बौनिया जेसीजको सोमबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । जेसिज सप्ताहको बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम डगौंराथारुले उद्घाटन गरे ।
कार्यक्रममा टीकापुर जेसिजका अध्यक्ष गणेश साउद, लम्कि लेडि जेसीजका अध्यक्ष ईसरा थापा, जोशीपुर जेसीजका अध्यक्ष हरि गौतम, वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडा, वडा नम्बर ३ का अध्यक्ष करने सुनार, रेडक्रस उपशाखा दोदोधराका सभापति लक्ष्मी जैशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बौनिया जेसीजका अध्यक्ष धिरज शाहीको अध्यक्षतामा भएको थियो ।
त्यस्तै, सोमबार नै माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता पनि भएको छ । प्रतियोगितामा बर्दगोरिया गाउपालिकामा रहेका आठ माविको सहभागिता रहेको थियो ।
प्रतियोगितामा आदर्श सामुदायिक विद्या मन्दिरका तुलसा बम प्रथम, मोहन्याल माविका बसन्तराज जैशी द्वितीय, जगततारा स्कुलका सुमन भट्ट तृतीय र बसन्तमुरारी माविका बिष्ना खतिवडाले .चौथो स्थान प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार