१२ श्रावण २०८१, शनिबार

दलित विद्यार्थीको भेला



धनगढी । नेपाली कांग्रेस निकट नेपाल दलित विद्यार्थी संघको सोमबार धनगढीमा प्रथम नगरभेला भएको छ ।


भेलाको नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहले उदघाटन गरे । सो अवसरमा सभापति शाहले समय अनुसार परिवर्तन हुन नसक्ने र पुरातन सोच भएका नेताहरुबाट पार्टी चल्न नसक्ने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य डिल्लीराज पन्त र टेकबहादुर रैका, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले दिपक विकको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा निरु परियार र भरत नेपाली, सचिवमा नरेन्द्र विक, सहसचिवमा शिशिर तिरुवा र कोषाध्यक्षमा विष्णु मगराती चयन भएका छन् ।
भेलाबाट २१ जना सदस्य चयन गरेको छ भने बांकी आठ जना कार्यसमितिको पहिलो बैठकबाट मनोनयन गरिने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार