१२ श्रावण २०८१, शनिबार

जन्मदिनका अवसरमा अनाथ बालबालिकालाई भोजन



धनगढी । धनगढीका एक युवकले आफु र छोरीको जन्मदिनको अवसरमा आइतबार अनाथ बालबालिकालाई सहयोग तथा सामुहिक भोजन गराएका छन् ।


धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ईन्द्र विनाडीले आफु र छोरी शाईराको जन्मदिनको अवसर पारेर आमाको माया छात्रावासमा रहेका बालबालिकालाईसामुहिक भोजन गराए ।
उनले आफ्नो ३४ औं तथा छोरी शाईराको दोस्रो जन्मदिनको अवसरमा आमाको माया छात्रावासमा रहेका ३३ जना अनाथ वालवालिकालाई खाद्यान्न, अध्ययन सामग्री लगायत१५ हजार रुपैया वरावरको सहयोग प्रदान गरे ।
उनले सबै बालबालिकालाई आफ्नो घरमै सामुहिक भोजन समेत गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार