११ पुष २०८१, बिहीबार

स्वास्थ्य संस्थामा सुत्केरीको संख्यामा बृद्धि



सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुने महिलाको संख्यामा बृद्धी भएको छ ।
दुई वर्षअघिसम्म स्वास्थ्य संस्थामा२५ प्रतिशतमात्रसुरक्षित सुत्केरी हुने गरेकोमा हाल ५७प्रतिशतमहिला सुत्केरी सेवाको लागिआउने गरेको स्वास्थ्यशाखाले जनाएको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या संगै नियमितगर्भवती चेकजाच गर्नेहरुको संख्यामा समेत बृद्धी भएको स्वास्थ्यर्मीहरु बताउछन ।
घोडाघोडी नगरपालिकामा घोडाघोडी अस्पताल, साडेपानी स्वास्थ्य चौकी, दरख स्वास्थ्य चौकी, पहलमानपुर स्वास्थ्य चौकी र रामशिखरझाला स्वास्थ्य चौकीमार्फत स्थानीयले सुरक्षित प्रसुती सेवापाईरहेका छन । हाल सरकारले नियमितगर्भ चेकजाच संगै स्वास्थ्य संस्थामा सुत्केरी भएमाएकहजार आठ सय र चेकजाचनगरी सुत्केरी मात्रभएमाएक हजार सुत्केरी भत्तादिने ब्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार