२८ आश्विन २०८१, सोमबार

अपाङ्गता परिचयपत्र वितरण



सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले एक सय ९६ जनालाई अपाङ्गता परिचयपत्रवितरण गरेको छ ।
नगरपालिकालले बैशाखदेखि साउनमहिनासम्म क,ख,ग र घ वर्गका अपाङ्गताभएकाव्यक्तिलाई परिचयपत्रवितरण गरेको जनाएको छ ।
नगरपालिकाअन्र्तरगतमहिला,वालबालिकातथा जेष्ठ नागरिक शाखाकाअनुसार क वर्गमा ३५,ख वर्गमा ८७,ग वर्गमा ३५ र घ वर्गमा ३९ जनालाई अपाङ्गता परिचयपत्रवितरण गरिएको छ ।
नगरउपप्रमुखको संयोजकत्वमाअपाङ्गता परिचयपत्रवितरण गर्ने व्यवस्थामिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार