३० आश्विन २०८१, बुधबार

धरौटी बुझाएर छुटेका विप्लवकार्यकर्ता पुनःपक्राउ



धनगढी । जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर छुटेका विप्लव नेकपाका एक कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा दश हजार रुपैया धरौटी बुझाएर रिहा भएका टीकापुर नगरपालिका वडा नम्बर १ का ३३ वर्षीय पूर्णबहादुर खड्कालाई प्रहरीले प्रशासन परिसरबाटै पुनः पक्राउ गरेको हो।
खड्कालाई यसअघि प्रहरीले गत बैशाख १३ गते टीकापुरबाट पक्राउ गरेको थियो। उनीविरुद्ध राजद्रोह र सार्वजनिक अपराधमा गरेको अभियोगमा प्रहरीले मुद्दा चलाएको थियो।
कैलाली प्रहरीले भने खड्कालाई पक्राउ गरिएको विषयमा आधिकारिक धारणा दिएको छैन्। कैलालीप्रमुखप्रहरी उपरिक्षक सुदिपगिरीले खड्का पुनःपक्राउ परेको विषयमाआफूलाई जानकारी नै नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार