१२ श्रावण २०८१, शनिबार

घाडाघोडीले नगर बस सञ्चालन गर्ने



सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ । नगरपालिकाले यसै वर्षभित्र नगर बस सञ्चालनमा ल्याइने जनाएको छ ।
नगरपालिकाको चालु आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा नै सो कुरा उल्लेख गरेको छ ।


नगर प्रमुख ममताप्रसाद चौधरीले नगरपालिका भित्र उपयुक्त स्थलमा बसपार्क निर्माण गरिने बताए । उनले नगरपालिकाका १२ वटै वडालाई जोड्ने गरि चक्रपथ निर्माण कार्य पनि अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार