११ श्रावण २०८१, शुक्रबार

किसानलाई अनुदानको च्याप कटर वितरण



धनगढी । धनगढी उपमहानगरपालिकाले व्यवसायीक पशुपालक किसानहरुलाई पूर्ण अनुदानमा च्याप कटर वितरण गरेको छ ।


उपमहानगरपालिकाको पशुस्वास्थ्य महाशाखाले नगरका पाँच जना किसानलाई च्याप कटर मेसिन उपलब्ध गराएको जनाएको छ ।
बिहीबार नगर प्रमुख नृपबहादुर वड र प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटाले किसानहरुलाई च्यापकटर मेसिन हस्तान्तरण गरे ।
सो अवसरमा नगर प्रमुख वडले उपमहानगरपालिकाले ब्यवसायिक रुपमा पशुपालन गर्ने किसानहरुलाई प्रविधीसंगै बजारीकरणका साथै घांसको वीऊ समेतमा सहयोग गरिरहेको बताए ।
प्रमुख प्रशासकिय अधिकृत सापकोटाले च्याप कटर मेसिनले किसानको खेती गर्ने समयको बचत हुने बताए ।
नगर पशु स्वास्थ्य महाशाखाका प्रमुख भवानी भट्टले किसानको मागमा आधारित भएर च्यापकटर मेसिन उपलब्ध गराएको बताए । उनले सूचना प्रकाशित गरेर निर्धारित समयभित्र परेका निवेदनहरुबाट स्थलगत अनुगमन गरेर किसानको छनौट गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार