११ श्रावण २०८१, शुक्रबार

अखाद्य वस्तुको बिक्री नियन्त्रणका लागि कडा अनुगमन



धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले गुणस्तरहिन अखाद्य बस्तुको विक्रीवितरण नियन्त्रणका लागि बजार अनुगमनमा कडाई गर्नुपर्ने बताएका छन् ।


बिहीबार नेपाल एग्रो विजनेस ईनोभेसन सेन्टरले धनगढीमा आयोजना गरेको ‘खाद्य स्वच्छता र गुणस्तर मार्फत कृषि व्यवसायको प्रतिस्पर्धी क्षमता अभिबृद्धी कार्यक्रम’ नगरप्रमुख वडले बजार अनुगमनका लागि चाडपर्वमा मात्र नभई नियमित बजार अनुगमन गर्नुपर्ने बताए । ‘बजार अनुगमन गर्ने जिम्मेवारी लिएको निकायले कडाईका साथ अनुगमनमा खटिनु जरुरी छ’ नगरप्रमुख वडले भने– उपमहानगरपालिकाका बजार अनुगमनका लागि कर्मचारी खटाइसकेको छ ।
नगरप्रमुख वडले धनगढीमा पनि विषाक्त तरकारी तथा फलफूल भित्रिरहेको चर्चा गर्दै त्यसलाई रोक्न स्थानीय उत्पादनमा बृद्धि आवश्यक रहेको दोहोराए ।
बरिष्ठ खाद्य विज्ञ तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व उपमहानिर्देशक जिवन प्रभा लामाको अध्यक्षतामा भएको कार्यक्रममा वाणिज्य तथा आपुर्ति कार्यालय धनगढी, घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय धनगढी, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम कमिटि, दुग्ध उपभोक्ता मञ्च, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधी लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कु“वरले सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रस्तुतिकरण गर्दै खाद्य विज्ञ लामाले खाद्य स्वच्छता र गुणस्तरमा ख्याल नगर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको बताईन । खाद्य मिसावटका कारण प्रत्येक १० जना व्यक्तिमध्ये एकजना बिरामी पर्ने अध्ययनले देखाएको छ । खाद्यकै कारण वार्षिक चार लाख २० हजार मानिसको मृत्यु हुने गरेको पनि अध्ययनले देखाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार