१० श्रावण २०८१, बिहीबार

धनगढीमा कपडा बैंक उद्घाटन



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा स्थापना गरिएको कपडा बैंकको सोमबार उद्घाटन भएको छ ।
व्यवसायीहरू गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको १५ लाखको संयुक्त लगानी स्थापना गरिएको बैंकको प्रदेश सभा सदस्य डिल्लीराज पन्त तथा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा कपडा बैंकका संस्थापक मध्ये एक श्याम हमालले धार्मिक तथा सामाजिक सेवाको उद्देश्यले कपडा बैंक स्थापना गरिएको बताए ।
उनले पुराना अथवा लगाउन छोडेका लत्ताकपडा संकल गरेर असहाय, असक्त तथा आर्थिक रुपमा विपन्न व्यक्तिलाई वितरण गरिने बताए ।
उनले आवश्यकता भएका व्यक्तिले कपडा, सिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडाकुंडा आदि संकलन र वितरण गरिने बताए ।
उनका अनुसार सो कपडा बैंक गर्मी याममा विहान ८ देखि १० बजेसम्म तथा सा“झ ५ देखि ७ बजेसम्म खुला रहने छ ।
त्यस्तै, हिउदेयाममा बिहान ८ देखि १० तथा सा“झ ४ देखि ६ बजेसम्म खुला रहने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार