३० जेष्ठ २०८१, बुधबार

नगरपालिकामा सिसिटिभी जडान



कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिका कार्यालयमा सीसीटीभी क्यामेरा जडान गरिएका छन् । चार लाख ६४ हजार रुपैयाँ लागतमा नगरपालिका कार्यालयमा सीसीटीभी क्यामेरा जडान गरिएको बताइएको छ ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसनसिंह थापाले कर्मचारीहरुको गतिविधिमाथि निगरानी बढाउनुका साथै काम चुस्तदुरुस्त बनाउन सीसीटीभी क्यामेरा जडान गरिएको बताए ।
नगरपालिकामा १० स्थानमा सिसिटिभी जडान गरिएका छन् । क्यामेराको कन्ट्रोल कक्ष नगरप्रमख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा राखिएको छ । नगर प्रमुख, उपप्रमुख र प्रवक्ताको कार्यकक्षमा भने सीसीटीभी क्यामेरा जडान गरिएका छैनन् । नगरपालिका प्रवक्ता जगतबहादुर सिंहले आवश्यकता नभएर नगर प्रमुख, उपप्रमुख र आफनो कार्यकक्षमा क्यामेरा जडान नगरिएको बताए ।
त्यस्तै, बेदकोट नगरपालिका वडा नम्बर ३ मा एक करोड ५० लाख रुपैया“ लागतमा कभर्डहल निर्माण गरिएको छ । कभर्ड हलमा डे«सिङ रुम, शौचालय लगायतका संरचना निर्माण गरिएको नगर प्रमुख अशोककुमार चन्दले बताए ।
कभर्डहलको लम्बाइ ४० फिट र चौडाइ ३० फिट रहेको छ । कभर्डहलस“गै आठ बिघामा खेल मैदान समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार