१२ श्रावण २०८१, शनिबार

विप्लवद्वारा ४४ बिघा जग्गा कब्जा



धनगढी । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कैलालीमा ४४ बिघा जग्गा कब्जा गरेको छ । विप्लव नेकपाले बर्दगोरीया गाउ“पालिकामा ४४ बिघा जग्गा कब्जा गरेको भन्दै आफ्नो पार्टीको झण्डा गाडेको छ ।


बुधबार विप्लव नेकपाको बर्दगोरिया जनपरिषद प्रमुख “अनुकुल” को नेतृत्वमा “जग्गा कब्जा” गरेको भन्दै व्यानर टा“सेको छ । सो जग्गामा तत्कालीन माओवादी द्वन्द्वका समयमा पनि सो कब्जा गरिएको बताइन्छ ।
बिप्लव नेकपाले स्थानीय राजेन्द्र मल्ल र बीरबहादुर मल्लको घरसंगै रहेको ३५ विघा, देवबहादुर मल्लको आठ विघा र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा जमिन कब्जा गरेको दाबी गरेको छ ।
यता कैलाली प्रहरीले विप्लबले जग्गा कब्जा गरेको भनिएको स्थानमा प्रहरी परिचालन गरिएकोे जनाएको छ ।
केही दिनअघि पनि कैलालीको टीकापुर नगरपालिका वडा नम्वर १ बजार क्षेत्रमा रहेको एक व्यापारीको घर पनि विप्लवको थारुवान स्वायत्त प्रदेशले “कब्जा” गरेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार