२७ कार्तिक २०८२, बिहीबार

तेह्र जना जुवाडे पक्राउ



धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको एक होटलबाट तेह्र जना जुवाडे पक्राउ गरेको छ ।


धनगढी उपमहानगरपालिका–४, बसपार्कस्थित चन्द्र किरण डोटी कँुवर होटलको दुई वटा कोठामा तास खेली रहेका १३ जनालाई प्रहरी टोलीले मंगलबार साँझ पक्राउ गरेको हो । जुवाडे चार गड्डी तास, नगद पैसठ्ठी हजार छ सय साठी रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जनाए । उनले १३ जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ बमोजिम कारबाहीका लागि हिरासत राखिएको बताए ।
डोटी पुर्वीचौकी–४ का तारा कँुवर, कृष्ण खड्का, १ का रतन श्रीमाल, धनगढी–५ का राज जोशी, ४ का रबिन्द्र खड्का, नन्दसिंह खडका र लालबहादुर खड्का, १ रुपराज जोशी र धनबहादुर कुँवर, ३ कृपाराम रेग्मी र २ का रामकृष्ण कुँवर, जय खड्का र २ मदन स्वाँरलाई पक्राउ गरेको प्रहरीले जाएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार