११ श्रावण २०८१, शुक्रबार

वडा नं. १३ मा बृक्षारोपण



धनगढी  । कैलाली सामुदायिक वन वडा नं. १३ मा बृक्षारोपण गरिएको छ । आज कैलाली सामुदायिक वनका पदाधिकारी र जनसमुदायको अगुवाईमा समूहको हाता भित्र बृक्षारोपण गरिएको हो ।
हरियाली सामुदायिक वन निर्माण गर्ने उदेश्यले विभिन्न प्रजातिका विरुवा बृक्षारोपण गरिएको कैलाली सामुदायिक वनका अध्यक्ष कमल बोहराले जानकारी दिए । उन्नत जातका बाँसका विरुवा १५०,अमला २५० विरुवा बृक्षारोपण गरेको उनले बताए ।
लिप्टिस,सागुन,डालेघास लगायतका बिरुवाहरु पनि आगामी दिनमा बृक्षारोपण गरिने उनको भनाइ छ । बृक्षारोपणबाट सामुदायिक वन हरियाली पनि हुने र विरुवा फष्टाएमा जनसमुदायलाई जीबिकोपार्जनका लागि सहज हुने अध्यक्ष बोहराको तर्क छ ।
केही दिन अघि धनगढी उपमहानगरपालिका भित्रका कैलाली सामुदायिक वन लगायत ४ वटा सामुदायिक वनलाई पिक्निक स्पर्ट वनाउने निर्णय समेत भइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार