१२ श्रावण २०८१, शनिबार

धौलीगंगा बाँध खोलिएपछि सतर्क रहन आह्वान



बैतडी । भारतको धौलीगंगा बाँध खोलिने भएपछि महाकाली नदी किनाराका बासिन्दाहरूलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडी र दार्चुलाले सूचना जारी गर्दै साउन १३ गते राती १२ बजेदेखि भारतको धौलीगंगा जलविद्युत परियोजनाले बाँधका ढोका खोल्ने भएकाले महाकाली नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।
भारतको तपोवन, धारचुलाको सो जलविद्युतको सिल्टफ्लसिङ गरिने भन्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेसन धारचुला पिथौरागढले पत्राचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले साउन १४ गते साँझ पौने सात बजेसम्म महाकाली नदिको बहावमा बृद्धि भएपछि तटीय क्षेत्र जोखिममा बढ्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले बताए ।
दार्चुलाको ब्यास गाउँपालिका, महाकाली नगरपालिका, मल्लिकाजुर्नन गाउपालिका र लेकम गाउपालिका महकाली नदी प्रभावित क्षेत्र हुन ।
महाकालीको जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचित गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । बर्षातको समय भएकाले महाकाली नदिमा पानिको बहाव बढेको हुनाले धौलीगंगाको बाँध खोलिदा पानिको बहाब बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको उनले बताए ।
बैतडीको पञ्चेश्वर गाउपालिका तथा शिवनाथ गाउपालिकाका अधिकांस बस्तिहरू महाकाली किनारमा पर्दछन । पञ्चेश्वर तथा शिवनाथ गाउपालिकाले पनि सो अवधिमा नदि किनारमा नजान आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार