११ श्रावण २०८१, शुक्रबार

छाडा पशुचौपायाबाट नगरबासी हैरान



वीरेन्द्र शाह/सुखड । कैलालीको घोडाघोडी नगरपालिकाका लागि छाडा पशुचौपाया नियन्त्रण तथा व्यवस्थापन निकै टाउको दुखाइ बनेको छ । छाडा पशुचौपायाले दिनहुजसो बालीनाली नोक्सान गर्ने क्रम नरोकिएपछि किसान हैरान भएका छन् ।

केही महिना अघिसम्म नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गरेका कारण केही राहत महसुस गरेका नगरबासी अहिले पुनः हैरान हुन थालेका छन् ।
घोडाघोडी नगरपालिकाका मुख्य सडक, बजारमा अहिले फेरि छाडा पशुचौपायाको संख्या बढेको छ । छाडा पशुचौपायाका कारण यातायात सञ्चालनमा समेत कठिनाई हु्ने गरेको छ भने सवारी दुर्घटनाको जोखिम समेत बढेको छ ।
घोडाघोडी नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि लाखौं रकम खर्च गरेर काञ्जिहाउस समेत निर्माण गरेको थियो । अहिले काञ्जिहाउस अलपत्र अवस्थामा पुगेको छ ।
नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनमा प्रभावकारी रुपमा काम गरिरहेकामा छिमेकी स्थानीय तहबाट छाडा पशुचौपाया भित्रिएका कारण समस्या बढेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार