११ श्रावण २०८१, शुक्रबार

अत्तरियामा नेपाल जेसिजको सम्मेलन हुँदै



अत्तरिया । कैलालीको अत्तरियामा नेपाल जेसिजको घ सम्मेलन आयोजना हुने भएको छ । नेपाल जेसिजको आयोजना र अत्तरिया जेसिजको आतिथ्यतामा सम्मेलन आयोजना हुन लागेको शनिबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जेसिजका महासचिव भरत खड्काले असोजको पहिलो साता सम्मेलन आयोजना हुने बताए । सम्मेलनमा नेपाल जेसिज अन्तर्गत घ क्षेत्रमा रहेका ४८ शाखाको सहभागिता रहने बताए ।
सम्मेलनमा नारायणी नदी वारीका सात सय जनाको सहभागिता रहने छ । सम्मेलनको तयारी सुरु भएको आयोजकले जनाएको छ । सम्मेलन आयोजनामा ६० लाख रुपैया खर्च हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार