बालक्लवहरूका लागि क्षमता अभिबृद्धि तालिम
सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १, सुखडमा बालक्लवहरूका लागि सञ्चालित क्षमता अभिवृद्धि तालिम शनिबार समापन भएको छ ।
परिवार सबलिकरण कार्यक्रम अन्तर्गत घोडाघोडी नगरपालिका भित्र रहेका बालक्लवहरूलाई दुई दिनसम्म तालिम प्रदान गरिएको थियो । एसओएस बालग्राम धनगढीको आयोजना तालिम भएको थियो ।
तालिम समापनका अवसरमा एसओएस बालग्राम धनगढीका वाल संरक्षण स्रोतव्यक्ति रमेशचन्द्र भण्डारी, घोडाघोडी नगरपालिका उपप्रमुख प्रेम कुमारी थापा, घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख उमेशराज रेग्मी, नगरस्तरीय वालक्लवका अध्यक्ष हुकुम आचार्य, एसओएस बालग्रामका सामाजिक परिचालक टेकबहादुर बिक लगायतको उपस्थिति रहेको थियो ।
तालिममा बालक्लवको बैधानिकता, बालक्लवका पधाधिकारीहरूको काम कर्तव्य, स्थानीय सरकारको समन्वय, साईबर सुरक्षा, बाल विवाह न्युनिकरण लगायतका विषयमा जानकारी दिइएको थियो ।
तालिमको बालअधिकार स्रोतव्यक्ति भुवनराज चटौत, घोडाघोडी नगरपालिकाका सूचना अधिकृत रामप्रसाद चौधरी र दमयन्ती सिंहले सहजीकरण गरेका थिए ।