१२ श्रावण २०८१, शनिबार

बेवारिस अवस्थामा शव बरामद



जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिका, बडिमालिका सामुदायिक बनमा एक जना पुरुषको बेवारिस अवस्थामा शव फेला परेको छ ।

जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ३, बडिमालिका सामुदायिक वनको क्षेउमा बेवारिसे शब फेला परेको बताइएको छ ।
स्थानीयहरूले बेवारिस अवस्थामा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय भजनिका प्रहरी निरिक्षक राजेन्द्र चन्द अनुसार मृतकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार