११ श्रावण २०८१, शुक्रबार

वाल संरक्षण नीति निर्माणका लागि छलफल



धनगढी । धनगढी उपमहानगरपालिकाको बाल संरक्षण सम्बन्धी नीति निर्माणका लागि शुक्रवार छलफल भएको छ ।

धनगढी उपमहानगरपालिकाले नगर स्तरीय वाल संरक्षण नीति बनाउने तयारी गरेको जनाएउको छ । बाल संरक्षण नीति निर्माण गर्नुपूर्व वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा वालबालिकाको अधिकारकोृ क्षेत्रमा क्रियाशिल संस्थाहरूबीच छलफल भएको छ । धनगढी उपमहानगरपालिका र बेस नेपाल कैलालीबाट आयोजनामा भएको छलफलमा स्टीमले सहयोग गरेको छ ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बालबालिका सम्वन्धी नीति ल्याउनु पूर्व गरिएको छलफल गरिएको बताए ।
उपमहानगरपालिका उपप्रमुख तथा नगरस्तरीय बाल संरक्षण समितिका संयोजक सुशीला मिश्र भट्टले उपलब्ध कानुनका साथै धनगढी नगरमा रहेका बालबालिकाको अवस्थालाई ध्यानमा राखेर बाल संरक्षण नीति ल्याईने बताइन ।
सिमान्तकृत वालिकाहरूको शिक्षामा सहयोग परियोजनाका कार्यक्रम उपब्यबस्थापक पुनिता चौधरीले वालबालिकासंग सम्बन्धित नीति बनाउनु पूर्व गरिएको छलफलले नीति निर्माणमा सहयोग पुग्ने बताईन् ।
बेस कैलालीका संयोजक लक्ष्मण चौधरीले धनगढी उपमहानगरपालिकाले बनाउने वाल संरक्षण सम्वन्धी नीति निर्माणमा संस्थाले निरन्तर समन्वय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार