१२ श्रावण २०८१, शनिबार

कैलालीमा सुरक्षित आप्रवासन कार्यक्रम संचालनका लागि समझदारी



धनगढी । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) परियोजना कार्यान्वयनका लागि कैलालीका चारवटा स्थानीयतह संग शुक्रवार समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

कैलालीका धनगढी उपमहानगरपालिका, टिकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिका र सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तेश्रो चरण परियोजना इकाई बीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ ।
समझदारीपत्रमा धनगढी उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख नृपबहादुर वड, टिकापुर नगरपालिकाका तर्फबाट नगर प्रमुख तपेन्द्र रावल, घोडाघोडी नगरपालिकाका तर्फबाट उपप्रमुख प्रेम कुमारी थापा र परियोजना सहयोग इकाईको तर्फबाट टिम लिडर सिता घिमिरेले हस्ताक्षर गरे ।
कार्यक्रम २०७९ असार ३१ गतेसम्म लागु हुने बताईएको छ । बैदेशिक रोजगारलाई सुरक्षित, ब्यबस्थीत, मर्यादित बनाउनका लागि यो कार्यक्रम लागु भैरहेको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) कार्यक्रम नेपाल सरकार र स्वीजरल्यान्ड सरकारबीच सम्झौता भएर सञ्चालित कार्यक्रम हो । यो कार्यक्रममा हेल्भेटास स्वीस ईन्टरकोपरेशन नेपालको प्राविधीक सहयोग रहेको छ ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) परियोजनाका प्रदेश संयोजक पञ्चराम चौधरीले छिट्टै परियोजना कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार