११ श्रावण २०८१, शुक्रबार

अदालतका कारण मात्रै न्याय निरुपणमा ढिलाई हुँदैन : जिल्ला न्यायधीस



धनगढी । कैलाली जिल्ला अदालतका न्यायधीश कृष्णप्रसाद खनालले न्याय निरुपणमा ढिलाई हुनुको कारण अदालत मात्रै नभएको बताएका छन् । जिल्ला न्यायधीस खनालले अदालतमा मुद्दा चलेपछि साक्षीहरूको ढिलाईका कारण पनि न्याय निरुपणमा बिलम्ब हुने गरेको बताए ।
कैलाली जिल्ला अदालतले न्यायालयको पा“च वर्षे रणनीतिक योजनाबारे जानकारी दिन शुक्रबार धनगढीमा आयोजना गरेको कार्यक्रममा जिल्ला न्यायधीश खनालले न्याय निरुपणमा केही ढिलाई हु“दा सार्वजनिक रुपमै अदालत र अदालती प्रक्रियाबारे मात्रै आलोचना हुने गरेको चर्चा गरे । भने– न्याय निरुपणमा अन्य कारणले पनि ढिलाई हुने छ । मुद्दा चलेपछि साक्षी प्रमाण खोज्ने, बयान लिने, म्याद तामेली गर्ने जस्ता प्रक्रिया हुन्छन् र मुद्दाका बादी, प्रतिवादी तथा उनीहरूका साक्षीले गर्ने ढिलाईले गर्दा पनि न्याय निरुपणमा ढिलाई हुने गरेको छ ।
जिल्ला न्यायधीश खनालले मुद्दाको प्रकृति र मुद्दा लड्ने व्यक्तिको ब्यक्तिगत आचरण र बानीब्यहोरा कारण पनि न्याय सम्पादनमा ढिलाई हुने गरेको बताए । जिल्ला न्यायधीस खनालले न्याय निरुपणमा अदालतबाट कुनै पनि किसिमको ढिलासुस्ती हुनु हुदैन भन्नेमा द्विविधा नरहेको बताए । भने– मुद्दाका पक्ष र बिपक्षहरूले अदालती प्रक्रिया नबुझ्ने र अदालती प्रक्रिया बारे जानकारी दिदा झन्झट मान्ने गर्दछन् ।
अदालतका श्रेष्तेदार भूवन गिरीले २०६० सालदेखि रणनीतिक योजना बनाएर न्याय निरुपण सुधारको प्रयास अघि बढाइएको र जिल्ला अदालतहरूमा ३५ देखि ४० प्रतिशतसम्म मात्रै मुद्दा फछ्र्यौट गर्ने दर रहेकोमा चौथो योजनासम्म आपुग्दा बृद्धि भएर ७० प्रतिशत पुगेको जानकारी दिए । उनले चालू आर्थिक वर्षदेखि नया“ रणनीतिक योजना लागू भएर आर्थिक वर्ष २०८०÷२०८१ मा सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार