१० श्रावण २०८१, बिहीबार

सम्पादकीय : निर्मला हत्या घटना – रमिते सरकार



मुलककै लागि लज्जाको विषय बनेको कञ्चनपुरकी तेह्र वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको एक वर्ष भइसकेको छ । यो एक वर्षमा यो घटनाका एकपछि अर्को परिघटना दोहोरिए । निर्मला बलात्कार तथा हत्या घटनाको सत्यतथ्य तथा वास्तविक अपराधी पत्ता लगाएर कानून बमोजिम दण्डसजायको माग गर्दै स्थानीयदखि राष्ट्रिय, अन्तर्राष्ट्रिय तह तथा मञ्चहरूमा दबावमूलक कार्यक्रम भए । न्यायको माग गर्दै स्थानीय तहमा स्वःस्फूर्त ढंगबाट प्रदर्शन भए । यस क्रममा एक युवकको ज्यान गयो । विभिन्न पक्षबाट एकपछि अर्को गर्दै न्यायको माग गर्दै गुहार लगाइयो । संसदभित्र र बाहिर प्रशस्त आवाज उठे । तर, प्रहरी, प्रशासन, सरकार मुकदर्शक बनिरह्यो । निर्मला बलात्कार तथा हत्या घटना मुलुकको इतिहासमा कालो धब्बाका रुपमा रहेको छ, तर अझैं पनि सरकारले यो घटनाको सत्थतथ्य तथा वास्तविक दोषि पत्ता लगाएर कानून बमोजिम कारबाहीका लागि उदासिनता देखाइरहेको छ । वास्तवमा निर्मला घटना देशभित्र मात्रै नभएर बाहिर पनि सरकारको यतिबिघ्न चर्को आलोचना भएको पहिलो घटनाका रुपमा इतिहासमा अंकित हुन पुगेको छ ।
बालिका निर्मलाको बलात्कार पछि निर्मम हत्याको चौतर्फी उग्र विरोध उठिरहदा प्रहरी प्रशासन मात्रै होइन, स्वयं प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुखको व्यवहार, धारणा र प्रतिक्रियाहरू पनि उदेगलाग्दा रहे । घटनामा संलग्न भएको आरोपमा निर्दोष व्यक्तिहरूलाई पक्राउ गर्ने, मुद्दा चलाउने र केही दिनपछि रिहा गर्ने, विभिन्न व्यक्तिको डिएनए परीक्षण गर्ने नाटकहरू मञ्चन भइरहे । दर्जनौ पटक मन्त्रीहरूले “यति दिन, यति समयभित्र वास्तविक अपराधीलाई सार्वजनिक गर्ने” घोषणा दोहो¥याइरहे । तर, यी सबै घोषणा तथा धारणाको के हविगत भयो ? भन्ने निर्मला हत्या घटनाको एक वर्ष पुगिसक्दा पनि सत्यतथ्य सार्वजनिक नहुनु र वास्तविक अपराधी अझैं पत्ता नलाग्नुले नै पुष्टि गर्दछ । निर्मला बलात्कार तथा हत्या घटनाले अहिले पनि एकपछि अर्को नाटकीय मोडहरू लिइरहेको अवस्था छ । तर, न्यायको प्रतिक्षामा रहेका निर्मलाका अभिभावक, परिवार तथा न्यायको गुहार लगाइरहेका आम नेपाली नागरिकहरूमा न्याय प्रणाली तथा सरकारकाप्रति अनास्था बढ्दै गएको छ भन्ने विश्लेषण अनुचित हुदैन ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय तहमा चर्को आलोचना र मुलुककै लागि लज्जाको विषय बनेको निर्मला बलात्कार तथा हत्या घटनाको सत्यतथ्य तथा वास्तविक अपराधी पत्ता लगाउन सरकार असक्षम बनेको हो वा यो घटनाको सत्यतथ्य सार्वजनिक हुदा “लहरो तान्दा पहिरो गर्जिने” अवस्था रहेको छ भन्ने सर्वसाधारणमा पनि कौतुहलको विषय बनेको अवस्था छ । यो एउटै घटनाले हाम्रो प्रहरी, प्रशासन तथा सरकारको शान्ति सुरक्षा तथा पीडितलाई न्याय प्रदान गर्ने क्षमताको परीक्षण समेत गरेको भन्न सकिन्छ । यो घटनालाई किन यतिबिघ्न रहस्यमयी बनाइयो ? वा बनाइदै छ ? के साच्चै यो घटनाको सत्यतथ्य तथा वास्तविक अपराधी पत्ता लगाउन प्रहरी प्रशासन असक्षम बनेकै हो ? अथवा यो घटनाको ढाकछोपका लागि सरकार स्वयं उद्यत रहेको हो ? आम नेपाली नागरिक तथा निर्मला हत्या घटनाप्रति चासो लिइरहेका सबै पक्षले उत्तर खोजिरहेका छन् । ब

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार