११ श्रावण २०८१, शुक्रबार

एक्सपर्ट ईन्टरकलेज फुटसल : पहिलो चरणका आठ खेल भए



धनगढी । धनगढीमा बिहीबारदेखि एक्सपर्ट इन्टरकलेज फुटसल प्रतियोगिता शुरु भएको छ ।


एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज, धनगढीको आयोजनामा सुरु भएको प्रतियोगिताअन्तर्गत छात्रातर्फ बिहीबार लिग चरणका दुई खेल भएका छन् । त्यस्तै, बिहीबार नै छात्रतर्फका छ खेल भएका छन् ।
प्रतियोगिताको छात्रा तर्फका दुई खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमी र कैलाली बहुमुखी क्याम्पसको बीबीएम बी टीम विजयी भएका छन् । दुबै टोली पेनाल्टी सुट आउटमा विजयी भए ।
सुदूरपश्चिमाञ्चल एकेडेमीले नेपाल वेष्टर्न एकेडेमीलाई पराजित ग¥यो भने कैलाली बहुमुखी क्याम्पस बीबीएम बी ले ऐश्वर्य बहुमुखी क्याम्पसलाई हरायो । दुवै खेलमा निर्धारित समयभित्र कुनै पनि टोलीबाट गोल नभएपछि पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको हो ।
त्यस्तै, बिहीबार नै भएको छात्रतर्फको उद्घाटन खेलमा कैलाली बहुमुखी क्याम्पस बीबीएम बी टिमले नाष्ट उच्च मावि (राकेश) लाई ६–३ गोल अन्तरले हरायो ।
अर्को खेलमा नेपाल बेष्टर्न एकेडेमीले कैलाली बहुमुखी क्याम्पस बीबीएम ए लाई सून्यका विरुद्ध नौ गोलले पाखा लगायो ।
त्यस्तै, अर्को खेलमा कैलाली बहुमुखी क्याम्पसले नाष्ट उच्च मावि (दिनेश) लाई १४–० को फराकिलो गोल अन्तरले हरायो ।
बिहीबारको अर्काे खेलमा कैलाली बहुमुखी क्याम्पस बीबीएस बी ले नाष्ट उच्च मावि (सुरज) लाई १–० गोल अन्तरले पराजित ग¥यो । भने कैलाली बहुमुखी क्याम्पसले नेपाल वेष्टर्न एकेडेमी (हिक्मत) लाई एकका विरुद्ध १६ गोलको फराकिलो अन्तरले हरायो ।
त्यस्तै, वेष्टर्न ईन्टरनेशनल कलेजले नाष्ट उच्च मावि (विनोद) लाई ६–१ ले हरायो भने कैलाली बहुमुखी क्याम्पस बीबीएम ए ले सुदूरपश्चिमाञ्चल एकेडेमीलाई ६–५ गोल अन्तरले हरायो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार