१२ श्रावण २०८१, शनिबार

बाटो भत्किदा यातायात अवरुद्ध



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ बेलार गाउँमा बाटो भत्किदा यातायात अवरुद्ध भएको छ ।
अबिरल वर्षाले पश्चिम बेलारगाउ“को स्थानिय प्रकाश देवकोटाको घर नजिककै बाटो भत्किएको हो । गत मंगलबार राति आएको अबिरल वर्षाले गर्दा बाटो पुरै भत्किएकोले आवतजावत गर्न निकै समस्या भएको स्थानियहरूले बताएका छन ।
बाटो भत्किएको तीन दिन भइसक्दा पनि बाटो मर्मत हुन नसक्दा समस्या भएको स्थानिय लक्ष्मीप्रसाद गौतमले बताए ।
वडा नम्बर १ का वडा सदस्य पुर्ण बहादुर बिष्टले केही दिनभित्रै बाटोको मर्मत हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार