११ श्रावण २०८१, शुक्रबार

मदिराको कारोबार बन्द गर्नेलाई एक लाख



बैतडी । मदिराको लाइसेन्स बुझाएर कारोबार बन्द गर्नेलाई बैतडीको दोगडाकेदार गाउपालिकाले एक लाख रुपैया इनाम दिने घोषणा गरेको छ ।
मदिराले समाजमा कलह सिर्जना गर्नुका साथै घरेलु हिंसा बढेको भन्दै दोगडाकेदार गाउ“पालिकाले यस्तो निर्णय जनाइएको छ ।
स्थानीय महिलाहरूले पटक पटक मदिरा बन्द गर्न दबाव दिएका कारण यस्तो निर्णय गरिएको गाउ“पालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन ।
उनले भनिन्– गाउ“पालिकाले कानूनी हिसाबले मदिरा कारोबार बन्द गर्न सक्दैन, त्यसैले लाइसेन्स बुझाएर कारोबार बन्द गर्ने व्यवसायीेलाई गाउ“पालिकाले एक लाख रुपैया पुरस्कार दिने घोषणा गरेको छ ।
दोगडाकेदार गाउ“पालिकामा २० भन्दा बढीले मदिराको कारोबार गर्ने गरेको गाउ“पालिका अध्यक्ष चक्र कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार