१२ श्रावण २०८१, शनिबार

खाल्डोमा पुरिएको अवस्थामा शव बरामद



बैतडी । गत सार १७ गते बिद्यालयको गेटबाटै हराएकी बैतडी, दशरथचन्द नगरपालिकाकी एक आठ वर्षीया बालिकाको खाल्डोमा गाडिएको अवस्थामा शव फेला गरेको छ ।
हराएको १९ दिनपछि बुधबार सा“झ बालिका कल्पना भुल (कलावती सार्की) को शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उनी अध्ययन गर्ने दशरथचन्द नगरपालिका वडा नम्बर ४ स्थित ईश्वर आधारभूत विद्यालयको माथिपट्टी भीरको छेउमा रहेको खोल्सामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।
बाख्रा चराउने बेला स्थानीय महिलाले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि घटनास्थल पुगेका प्रहरी टोलीले सडेको अवस्थामा खाल्डोमा शव भेटिएको प्रवक्ता पातलीले बताए । उनले घटनाको अनुसन्धान भइरहेको बताए ।
जिल्लाको दोगडाकेदार गाउपालिका वडा नम्बर २ ढिक्गाड घर भई दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडामा बुबास“गै बस्दै आएकी बालिका कल्पनालाई उनका बुवा खडक सार्र्कीले गत असार १७ गते बिहान बिद्यालयको गेट बाहिर पु¥याएर पर्किएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार