१२ श्रावण २०८१, शनिबार

हावाहुरी पीडितलाई राहत वितरण शुरु



धनगढी । धनगढी उपमहानगरपालिकाले गत जेठ २३ गतेको बिनासकारी हावाहुरी पीडितहरूलाई मंगलबारदेखि राहत वितरण गर्न सुरु गरेको छ ।
मंगलबार वडा नम्बर १५ का हावाहुरी पीडितहरूलाई उपमहानगरपालिका कार्यालयबाट राहत वितरण गरिएको छ ।


उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले हावाहुरी पीडितको एकिन विवरण संकलन, छानविन लगायतका धेरै प्रकृया पुरा गर्नुपर्ने भएकाले राहत वितरणमा केहि ढिलाई भएको बताए ।
नगरस्तरीय बिपद ब्यबस्थापन उपसमितिका संयोजक प्रेमबहादुर विकका अनुसार उपमहानगरपालिका क्षेत्रमा दुई हजार पांच सय ४६ जनाले राहत पाउने बताए । ती मध्ये तीन परिवारको घर हावाहुरीबाट पूर्ण रुपमा क्षति भएको छ । उनका अनुसार हावाहुरीबाट आंशिक क्षति भएकाहरूले पांच हजार र पूर्ण क्षति भएकाले १० हजार रुपैया राहत पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार