११ श्रावण २०८१, शुक्रबार

वडा कार्यालयमा आँगजनी



डोटी । डोटीको जोरायल गाउंपालिका वडा नम्बर ४ को लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा सोमबार राती आँगजनी गरिएको छ ।


आँगजनीवाट वडा कार्यालयको वडाध्यक्ष र वडा सचिवको कार्यकक्षमा भएका दराज र अन्य सामानहरू जलेर नष्ट भएको वडाध्यक्ष नन्दराज भट्टले बताए ।
जोरायल प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले आगजनी गरेको अनुमान गरेको छ ।
वडा कार्यालयमा आगजनी भएसंगै जोरायल क्षेत्रमा ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ । यस अघि डोटीकै बडिकेदार गाउपालिकाको वडा नम्बर ४ मान्नाकापडीमा आगजनी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीका अनुसार आँगजनी गर्नेहरूको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार