१२ श्रावण २०८१, शनिबार

लागू पदार्थ दुब्र्यसनी बिरुद्ध सचेतना



लम्की । लम्की जेसिज सप्ताहको छैठौंं दिन सोमबार पदार्थ दुब्र्यसनी बिरुद्ध सचेतना कार्यक्रम भएको छ ।
सो अवसरमा लम्कीचुहा नगरपालिका उपप्रमुख टीका थापाले लागू पदार्थ सेवनकर्ताको संख्यामा बृद्धि भइरहेकोप्रति अभिभावकहरू सजग हुन आग्रह गरिन् ।
उनले लम्कीचुहा नगरपालिकाले लागुपदार्थ दुब्र्यसन न्युनिकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय, लम्कीका इन्चार्ज सुरेन्द्रकुमार जोशीले लागू औषध तथा पदार्थ ओसारपसार तथा बिक्री र सेवन गर्नेहरू विरुद्ध प्रहरी कठोर ढंगले प्रस्तुत हुने बताए ।
लम्की लेडी जेसिजका महासचिव तथा लागू पदार्थ दुब्र्यसनी बिरुद्ध सचेतना कार्यक्रम संयोजक मिना बिष्ट कुवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लम्की जेसिजका उपाध्यक्ष घनश्याम डांगीले गरेका थिए ।
लम्की जेसिजका उपाध्यक्ष नेत्रप्रसाद न्यौपानेले स्वागत गरेको कार्यक्रममा पूर्व अध्यक्ष जुगराम चौधरी, उमाकान्त तिमिल्सैना, कल्पेश कुवर, लम्की जेसिजका अध्यक्ष मोहन ढुंगाना, लम्की लेडी जेसिजका अध्यक्ष ईशरा थापा र अधिकारकर्मी रमा बादी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार