११ श्रावण २०८१, शुक्रबार

सनराइजद्वारा हावाहुरी पीडितका लागि सहयोग



धनगढी । सनराइज बैंकले गत जेठ २३ गतेको हावाहुरीबाट पीडित भएकाहरूका लागि राहत सहयोग प्रदान गरेको छ ।


सनराईज बैंकका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख सुरेन्द्र शाही र शाखा प्रबन्धक धर्म बिष्टले सोमबार धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडलाई हावाहुरी पीडितको सहयोगार्थ एक लाख ५० हजार रुपैयाको चेक हस्तान्तरण गरे ।
सो अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले मंगलबारदेखि सबै वडामा हावाहुरी पीडितलाई राहत वितरण गरिने जानकारी दिए ।
सनराईज बैंकका प्रदेश कार्यालय प्रमुख शाहीले बिपदमा परेकाहरूलाई सहयोग गर्नु सबैको दायित्व रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार