१२ श्रावण २०८१, शनिबार

क्यान्सर पीडित सिंहलाई सहयोग



धनगढी । नेपाल बिक्री बजार प्रतिनिधी संघ केन्द्रीय समिति पोखराले क्यान्सर पीडित केशव सिंहलाई आर्थिक सहयोग गरेको छ ।


संघको सुदूरपश्चिम प्रदेश कमिटिको व्यवस्थापनमा केन्द्रीय कमिटीले सोमबार धनगढीमा एक संक्षिप्त कार्यक्रमबीच क्यान्सर पीडित सिंहलाई ७० हजार दुई ३६ रुपैयाँ सहयोग प्रदान गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष सूर्य पराजुलीले क्यान्सर पीडित सिंहकी आमालाई सो रकम हस्तान्तरण गरेका थिए । संघले सो रकम बागमती र राप्ती शाखामार्फत संकलन गरेको जनाएको छ ।
यसअघि संघको सुदूरपश्चिम कमिटिले एक लाख २७ हजार, बा“केले ३५ हजार र सुर्खेत शाखाले ११ हजार रुपैया गरि एक लाख ७३ हजार रुपैया सहयोग गरिसकेको जनाइएको छ ।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष धुव्रराज कार्की, महासचिव पदम भट्टराई, केन्द्रीय सदस्यहरू डम्मरबहादुर ठकुल्ला, जनक ढकाल र रमेश भट्ट तथा जनक कोइराला लगायतको उस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार