१२ श्रावण २०८१, शनिबार

३७ औं वीपी स्मृति दिवस : बृहद रक्तदान कार्यक्रम



लम्की । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली का“ग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३७ औं स्मृति दिवस सोमबार देशभरी विविध कार्यक्रम सहित मनाइएको छ ।
वीपी स्मृति दिवसका अवसरमा सोमबार कैलालीको लम्कीमा बृहद रक्तदान कार्यक्रम भएको छ । रक्तदान कार्यक्रम नेपाली का“ग्रेस कैलाली क्षेत्र नम्बर २ को आयोजना तथा जिल्ला कार्यसमितिको संयोजनमा भएको थियो ।
का“ग्रेसका क्षेत्रीय सभापति भक्तबहादुर थापाका अनुसार रक्तदान कार्यक्रममा एक सय आठ पिन्ट रगत संकलन भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व मत्री रामजनम चौधरी पूर्व सांसद मानबहादुर महतो, का“ग्रेस कैलालीका सभापति नरनारायण शाह, बर्दगोरिया गाउ“पालिका अध्यक्ष बलिराम चौधरी, जानकी गाउ“पालिका अध्यक्ष प्रदिपकुमार चौधरी, महासमिति सदस्य धर्मराज न्यौपाने, लम्कीचु्हा नगर सभापति रामबहादुर बिष्ट, पूर्व क्षेत्रीय सभापति देवानन्द जैशी र सूर्यबहादुृर बटाला, लक्ष्मण शाही, कृष्ण पाण्डे सहित ठूलो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार