११ श्रावण २०८१, शुक्रबार

धार्मिक बनमा बृहद बृक्षारोपण



धनगढी । कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ३ स्थित शिवगंगा धार्मिक बनमा आइतबार बृहद बृक्षारोपण गरिएको छ ।
कृषि ज्ञानकेन्द्र, महेन्द्रनगरको एक लाख १६ हजार रुपैया“ अनुदानबाट सो बृक्षारोपण गरिएको धार्मिक बनका अध्यक्ष भीमप्रसाद गौतमले बताए ।
सो धार्मिक बनमा आ“प, लिंची, कटहर, नासपती, दारिम सहितका एक हजार चार सय फलफूलका विरुवा रोपिएको अध्यक्ष गौतमले जानकारी दिए ।
बृक्षारोपण कार्यक्रममा गौरिगंगा वडा नम्बर ३ का अध्यक्ष नरेन्द्रबहादुर शाह, शिवगंगा धार्मिक बनका सचिव तिलक क“डेल, बनका अन्य पदाधिकारी तथा सदस्य र स्थानीयको सहभागिता रहेको थियो ।
चार बिघा क्षेत्रफल रहेको सो धार्मिक बनमा आइतबारसम्म अढाई बिघा क्षेत्रफलमा बृक्षारोपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार