११ श्रावण २०८१, शुक्रबार

अझै साढे छ सय परिवार मुक्त कमैया पुनस्र्थापना गर्न बाँकी



धनगढी । सुदूरपश्चिम प्रदेश तथा र ५ नम्बर प्रदेशका तीन जिल्लामा अझै साढे छ सय परिवार मुक्त कमैया पुनस्र्थापना गर्न बाँकी रहेको छ ।


भूमि व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा सबै मुक्त कमैया र हलियाहरूको पुनस्र्थापना गरिसक्ने लक्ष्य लिए पनि अझैं काम बांकी रहेको तथ्यांकले देखाएको छ ।
कैलालीमा तीन सय ८०, बा“केमा एक सय ५०, दाङ र बर्दियामा ५०/५० र कञ्चनपुरमा १७ परिवार मुक्त कमैयालाई पुनस्र्थापना गर्न बाकी रहेको जनाइएको छ ।
भूमि सुधार कार्यालय, कैलालीका अनुसार जिल्लामा आठ हजार नौ सय १० मुक्त कमैयामध्ये आठ हजार पांच सय ३० परिवारलाई पुनस्र्थापना गरिसकिएको छ । ११ हजार पांच सय ५१ परिवार मुक्त कमैया रहेको बर्दियामा ११ हजार पांच सय एक परिवारलाई पुनस्र्थापना गरिसकिएको छ ।
त्यस्तै, दाङमा छ सय ५५, बांकेमा एक हजार सात सय ७१ र कञ्चनपुरमा चार हजार चार सय एक मुक्त कमैया परिवारलाई पुनस्र्थापना गरिएको छ । पांच वटै जिल्लामा हालसम्म २७ हजार पांच सय पांच परिवार मुक्त कमैया मध्ये २६ हजार आठ सय ५८ परिवारको पुनस्र्थापना गरिएको जनाइएको छ ।
पुनस्र्थापनाका लागि प्रति मुक्त कमैया परिवारलाई जग्गा खरिदका लागि दुई लाख रुपैया दिने सरकारी कार्यक्रमको विरोधमा मुक्त कमैयाहरू लागेपछि गत आर्थिक वर्षमा मुक्त कमैया पुनस्र्थापनाको कामले गति लिन नसकेको हो । सरकारले जमीन किन्न अनुदान लिने मुक्त कमैयालाई घर निर्माण अनुदान बापत ५५ हजार र काठको सट्टा अनुदान रकम बापत एक लाख रुपैया दिने कार्यक्रम ल्याएको थियो ।
मुक्त कमैयाका अधिकारका लागि काम गर्ने संघसंस्थाहरूले कैलालीमा अझै चार सय ९२ परिवारलाई पुनस्र्थापना गर्न र एक हजार एक सय ८७ परिवारलाई सट्टा भर्नाबाट पुनस्र्थापना दिन बांकी रहेको दाबी गरेका छन् । उनीहरूले एक हजार तीन सय ३८ परिवारले घर बनाउन काठ वापत्को रकम पाउन बांकी रहेको
जनाएका छन् ।
सरकारले २०५७ साउन २ गते कमैया मुक्त भएको घोषणा गरेको थियो । कैलालीका मुक्त कमैयाहरूले बिहिबार विभिन्न कार्यक्रम गरी १९ औं मुक्त कमैया मुक्त कमैया दिवस बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार