१० श्रावण २०८१, बिहीबार

नक्कली भारतीय रुपैया सहित दुई पक्राउ



धनगढी । कैलाली प्रहरीले नक्कली भारतीय रुपैया सहित दुई जनालाई पक्राउ गरेको छ ।

शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा नक्कली भारतीय रुपैयाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले ४० हजार नौ सय नक्कली नोट सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार नक्कली भारतीय नोटसहित भारत, उत्तरप्रदेशको लखिमपुरका श्रवण सिंह र सुरजित सिंह पक्राउ परेका हुन् ।
उनीहरू सुन किन्नका लागि धनगढी आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
अभियुक्त श्रवण र सुरजितले एक सय रुपैया“ मुल्यका नक्कली भारतीय मुद्रा बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार