१२ श्रावण २०८१, शनिबार

बलात्कार गरेको आरोपमा एक युवक पक्राउ



धनगढी । कैलालीमा जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एक जना १६ वर्षीया युवतीलाई ललाई फकाई र बिबाह गर्छु भनी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कञ्चनपुर वेदकोट नगरपालिका वडा नम्बर ३ का २५ वर्षका प्रवेश रानालाई कैलालीको गोदावरीबाट पक्राउ गरेको जनाएको छ ।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार अभियुक्त प्रवेशले ती युवतिलाई जबरजस्ती करणी गरी उनीसंग भएको नगद तथा जिन्सी सामान समेत लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार