११ श्रावण २०८१, शुक्रबार

महाकालीमा बगेर बालक वेपत्ता



बैतडी । बैतडीमा महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन । जिल्लाको पञ्चेश्वर गाउपालिका २ बास्कुका जनक चन्दका १२ बर्षिय छोरा सन्दिप चन्द बेपत्ता भएका हुन् ।
विहान करीब ९ बजेतिर महाकाली नदी किनारमा नुहाउने क्रममा वेपत्ता भएका थिए । वेपत्ता सन्दीप फेला नपरेको र खोजी कार्य जारी रहेको पञ्चेश्वर २ का वडा अध्यक्ष दसरथ मंगोलाले बताए ।
सन्दीप देवथला मावि कक्षा ८ का विद्यार्थी हुन् । लगातारको बर्षा पछि महाकाली नदीमा पानीको बहाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार