१२ श्रावण २०८१, शनिबार

हराएको पाँच दिनपछि शव बरामद



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ का वसन्तबहादुर सिंह हराएको पांच दिनपछि मृत अवस्थामा फेला परेका छन् । गत शुक्रवार हराएका सिंहको मंगलवार चुरे जंगलमा शव भेटिएको प्रहरीले जनाएको छ ।


सिंहले प्रयोग गरेको मोबाइल लोकेशनका आधारमा खोजी गर्दा रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको कञ्चनपुरका प्रहरी प्रमुख दिनेश अर्चायले बताए ।
‘रुखमा झुन्डिएको अवस्थामा सिंहको शव फेला परेको छ,’ उनले भने, ‘शरीर पुरै ढुंगामा थियो, शव कुहिएको थियो ।’ प्रहरीका अनुसार सोमबार झोला र मोटरसाइकल फेला परेको थियो ।
उनले बोकेको मोबाइलले देखाएको लोकेशनका आधारमा खोजी भएको थियो । प्रहरीले मंगलवार शव फेला परेको स्थानबाट मुचुल्का संकलन गरेको छ । सिंहको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको कञ्चनपुरका प्रहरी प्रमुख अर्चायले बताए ।
सिंह भीमदत्त नगरपालिका—७ मा सञ्चालन भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको उपभोक्ता समितिका अध्यक्ष थिए । उनको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले महाकाली जनसेवा माध्यमिक विद्यालयमा रंग रोगन गरेको थियो ।
सोही कामको रकम भुक्तानी लिन गत शुक्रवार नगरपालिका कार्यालय गएका उनी बेपत्ता भएका थिए । उनको मृत्यु संस्कापद भन्दै परिवारले अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार